दसैँ आयो, खसीबोका र च्यांग्रा पनि आयो (तस्बिर/भिडिओ) – Nepal Press

दसैँ आयो, खसीबोका र च्यांग्रा पनि आयो (तस्बिर/भिडिओ)

काठमाडौं । दसैँ लागेसँगै उपत्यकाका चोक तथा खसी बजारमा खसी, बोका र च्यांग्राहरूको बिक्री बढेको छ । विभिन्न जिल्ला हिमाली तथा चीनबाट समेत यहाँ च्यांग्रा आउँछन् ।

काठमाडौंमा नुवाकोट, रामेछाप, कटारी, खोटाङ, दाङलगायतका ठाउँबाट खसीबोका ल्याइन्छ ।

कलंकीको खसी बजारमा भेटिएका व्यापारीहरू पहिलेको जस्तो बिक्रीबट्टा नभएको गुनासो गर्छन् । ‘मान्छे सबै काठमाडौं छाडेर दसैँ मनाउन फर्किन्छन् । भाउ नै पाइँदैन भनेको’, एकजनाले हामीसँग भने ।

व्यापारीले मन्दी भएको बताइरहेपनि मासु पसलेहरू भाउ बढाउन ठिक्क परेर बसेका छन् । अहिले उपत्यकाको विभिन्न मासु पसलमा खसीको मासु प्रतिकेजी १३ सय ५० देखि १४ सयसम्म बिक्री भइरहेको छ । ललितपुर टीकाथलीका एक मासु व्यवसायी दसैँमा १५ सयसम्म नाघ्ने बताउँछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो ।

खसीको बिक्री मूल्य ज्यूँदोमा प्रतिकिलो ६८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापा बताउँछन् । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ ।

च्याङग्रा मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर