सल्यानमा जीप दुर्घटना, बिहेमा पुगेर फर्कँदै गरेका ८ जनाको मृत्यु – Nepal Press

सल्यानमा जीप दुर्घटना, बिहेमा पुगेर फर्कँदै गरेका ८ जनाको मृत्यु

रूपन्देही । आफन्तको बिहेमा पुगेर बाँकेबाट सल्यान फर्केको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका-३ रिमको मुलपानी नजिकै रा. १ ज ५६३ नम्बरको जीप (डबल क्याब) दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृत्यु हुनेहरू अधिकांश कपुरकोट-६ का बासिन्दा छन् । घटनास्थलमा प्रहरीसहित कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन उद्धारमा खटिएका छन् ।

अध्यक्ष पुनका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खोल्सोमा खसेको छ ।

वडा नम्बर ३ का तिलक वली गम्भीर घाइते छन् । उनलाई अस्पताल पठाइएको गाउँपालिका उपाध्यक्ष प्रकाश भरारीले नेपाल प्रेसलाई बताए ।

बाँकेको ढकेरी आफन्तको बिहेमा पुगेर फर्कँदै गरेकाहरू दुर्घटनामा परेको प्रारम्भिक सूचना प्राप्त भएको छ । घटना बिहान करिब दुई बजे हो । रातको समयमा घटना भएकाले विस्तृत विवरण आइनसकेको प्रहरीले बताएको छ । मृतकहरूको नाम ठेगाना खुल्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *