विद्यार्थीको उपचारमा छुट दिने सरकारी निर्णयको अगुवाइ गरेको भन्दै माधवले दिए सुदेशलाई धन्यवाद – Nepal Press

विद्यार्थीको उपचारमा छुट दिने सरकारी निर्णयको अगुवाइ गरेको भन्दै माधवले दिए सुदेशलाई धन्यवाद

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू निकट विद्यार्थी संगठन अनरेरास्ववियूले विद्यार्थीलाई चेकजाँचमा ५० प्रतिशत छुट दिलाउन पहल गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलाई धन्यवाद दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सामाजिक सञ्जाल फेसबकुमार्फत सरकारको यो निर्णय सराहनीय भएको पनि बताएका छन् ।

‘संघीय, प्रादेशिक तथा स्थानीय तहअन्तर्गतका सबै सरकारी अस्पतालहरुमा विद्यार्थी परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय सराहनीय छ’, उनले अगाडि लेखेका छन्, ‘विद्यार्थीहरूलाई सरकारी अस्पतालका सेवामा ५० प्रतिशत सहुलियत दिलाउने आन्दोलनको नेतृत्व गर्ने अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित विद्यार्थी नेताहरुलाई धन्यवाद व्यक्त गर्दछु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर