जनकपुरधाममा दशैंको रौनक, शक्तिपीठ दुलहीझैँ सिँगारिए – Nepal Press

जनकपुरधाममा दशैंको रौनक, शक्तिपीठ दुलहीझैँ सिँगारिए

जनकपुरधाम । वडा दशैं सुरु भए लगत्तै मधेसको राजधानी जनकपुरधाममा लाई बेहुलीझैँ सिँगारिएको छ ।

खास गरी जनकपुरधामका प्रमुख शक्ति पीठ र मन्दिरहरूलाई बेहुलीझैँ सिँगारिएपछि चहलपहल ह्वातै बढेको छ ।

जनकपुरधामको प्रमुख शक्ति पीठ हो राजदेवी मन्दिर । साँझ पर्ने बित्तिकै मन्दिरमा दीप प्रज्वलन गर्ने महिलाहरूको भीड लागेको छ ।

युवा क्लबहरूले लाखौँ खर्चिएर मन्दिरलाई झकिझकाउ पारेकाले पूजापाठ गर्नेभन्दा घुम्न आउनेहरूको संख्या अधिक देखिन्छ ।

जनकपुरधामको विभिन्न ठाउँमा माटोको प्रतिमासहितको मूर्ति बनाएर पूजा गरिन्छ । मूर्ति राख्न ठाउँ ठाउँमा विशाल पण्डाल बनाइएको छ र जताततै रङ्गीचङ्गी सडक बत्ती जडान गरिएको छ, जुन आकर्षक र मनमोहक दृश्य सर्वसाधारणलाई आकर्षित गरेको छ ।

राजदेवी मन्दिरमा दशैंमा विशेष मेला लाग्छ । यहाँ मधेसमै सबभन्दा बढी बोकाको बलि पनि चढ्ने गरेको छ । दशैं मेला भर्न यहाँ गाउँ गाउँबाट मानिसहरू उर्लिने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर