बंगलादेशविरुद्ध नेपालको अग्रता दोब्बर – Nepal Press

बंगलादेशविरुद्ध नेपालको अग्रता दोब्बर

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता दोब्बर बनाएको छ।

दशरथ रङ्गशालामा जारी खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् ।

उनले खेलको १८ औं र २७ औं मिनेटमा गोल गरे ।

अन्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बंगलादेशका गोलकिपरले बचाएका थिए ।

उक्त रिबाउन्ड बललाई सदुपयोग गर्दै अन्जनले व्यक्तिगत दोस्रो गोल गरे ।

विष्टले पहिलो गोल विमल घर्तिमगरको मद्दतमा गरेका थिए । मगरले राइट कर्नर नजिकैबाट हानेको फ्री किकलाई अञ्जनले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

अन्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बंगलादेशका गोलकिपरले बचाएका थिए ।

उक्त रिबाउन्ड बललाई सदुपयोग गर्दै अन्जनले व्यक्तिगत दोस्रो गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *