गुरुराज भन्छन्- खबरदारी देउवालाई मात्र होइन, शेखर र गठबन्धनका नेतालाई पनि हो – Nepal Press

गुरुराज भन्छन्- खबरदारी देउवालाई मात्र होइन, शेखर र गठबन्धनका नेतालाई पनि हो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले आफ्नो समूहले गरिरहेको खबरदारी पार्टी सभापति शेरबहादुर देउवालाई मात्र नभएको बताएका छन् ।

पार्टीभित्र न्याय र समानताका लागि संघर्षको अगुवाइ गरिरहेका घिमिरेले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘खबरदारी हाम्रा परणआदरणीय पार्टी सभापति शेरबहादुर दाइलाई मात्र होइन शेखर कोइरालालाई पनि हो,’ उनले भने, ‘गठबन्धन दलका नेतालाई पनि हो । हाम्रा नेताहरूसँग बसेर सीट बाँडफाँट गरेर मात्र हुँदैन । हाम्रो भित्रको आन्तरिक एकता भएको छकी छैन त्यो पनि हेर्नुपर्छ ।’

उनले पार्टीका नेताहरूलाई न्यायिक निर्णय गर्न आग्रह गरे । ‘संघर्षमा हामी चाहिने, आमनिर्वाचन हामी चाहिने र भोलि जिताउन पनि सहयोग चाहिने र सूची बनाउँदा एकपक्षीय, मनोगत गुटहत पक्षपातपूर्ण र भेदभावपूर्ण बनाउने ?,’ उनले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर