ग्लोबल आईएमई बैंकको अर्को आकर्षण- ‘दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना’ – Nepal Press

ग्लोबल आईएमई बैंकको अर्को आकर्षण- ‘दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना’

काठमाडौं । ‘बचत गरौं’ भन्ने मूल उद्देश्यका साथ विगतदेखि अभियान सञ्चालन गर्दै आएको ग्लोबल आईएमई बैंक विशेष योजनाका साथ आक्रमक रूपमा प्रस्तुत भएको छ ।

यसैलाई निरन्तरता दिँदै बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रूपमा (अन्तिम त्रैमासबाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको दुई गुणा दुई वर्षमै प्राप्त गर्न सकिने छ ।

यस योजनामा न्यूनतम १० हजार मौज्दातबाट सहभागिता जनाउन सकिने बैंकले जनाएको छ ।

कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर ?

उदाहरणको लागि कुनै ग्राहकले १ लाख रूपैयाँ रकम राखी ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत खाता खोल्दा हरेक तीन महिनामा १० हजारको दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ । यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दती निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछ ।
बैंकका अनुसार यस योजनाले साना व्यवसाय गर्ने, नोकरी एवं निश्चित आय भएकाहरूलाई निरन्तर बचत गर्ने बानीको प्रोत्साहन गर्नेछ ।

देशभरका ७७ वटै जिल्लामा शाखा रहेको ग्लोबल आईएमई निजी क्षेत्रको पहिलो बाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा दिँदै आएको छ ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर