अभिनेता दीलिप रायमाझी क्लबमा लोकल खोज्दै – Nepal Press

अभिनेता दीलिप रायमाझी क्लबमा लोकल खोज्दै

काठमाडौं । अभिनेता दीलिप रायमाझी क्लबमा पुगेर लोकलको माग गर्दै मस्ति गरेका छन्। हाँस्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोइरालाकाको आवाजमा रहेको गीतको भिडियोमा उनले लोकलको माग गरेका हुन्। लोकलको माग गर्दै रमाइलो शैलीमा प्रस्तुत भएका दीलिप रायमाझीलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन्।

राजा राजेन्द्र पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको समेत अभिनय रहेको छ। मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ गतिविधीलाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ।

शिव विक को निर्देशनमा बनेको गीतमा शिव विककै कोरियोग्राफी रहेको छ। सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलााई मिलन विश्वकर्माले सम्पादन तथा रंगसंयोजन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर