बजार अनुगमनमा उपमेयर डंगोल, अखाद्य बस्तु बेच्नेलाई हतकडी लगाउने चेतावनी (तस्बिरहरु) – Nepal Press

बजार अनुगमनमा उपमेयर डंगोल, अखाद्य बस्तु बेच्नेलाई हतकडी लगाउने चेतावनी (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल दशैं लक्षित बजार अनुगमनमा निस्केकी छन् ।

आज बिहान उपेमयर डंगोलसहितको महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीहरुले  टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसलहरुको अनुगमन गरेको हो ।

उममेयर डंगोलको टोली महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टेटन गरे नगरेको सामानको उत्पादन मितिको  जाँच गरेको  छ ।

उममेयर सुनिता डंगोलले बजार अनुगमन दशैं लक्षित मात्र नभई अब नियमित हुने बताइन् । बजार अनुगमनमा अखाद्य बस्तु बिक्री गरेको पाइएमा हतकडी समेत लगाइने उनले बताइन् । उनले भनिन्,‘अखाद्यबस्तु बेच्नलाई हतकडी समेत लगाउने छौं । चाहे त्यो सरकारी संस्था किन न होस् । ’

बजार  अनुगमनकाे जिम्मा  उपमेयरलाई दिएकाे  छ ।

तस्बिरहरु: उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर