दशैं मनाउन घर फर्किनेहरू, हेरौं कलंकीका केही तस्बिर – Nepal Press

दशैं मनाउन घर फर्किनेहरू, हेरौं कलंकीका केही तस्बिर

काठमाडौं ।दशैं मनाउन यात्रुहरु काठमाडाैं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कन थालेका छन् । रोजगारी, पढाइ ,व्यवसाय गर्न राधजानी छिरेकाहरु दशैंका लागि पोको पुन्तरा बोकेर घर फर्कन थालेका हुन् ।

दशैंमा काठमाडौं बाहिरिने यात्रुको संख्या मंगलबार देखि बढेको छ । धेरैजसो स्कूल, क्याम्पस आजदेखि विदा भएकाले यात्रुको संख्या बढेको यातायात व्यवसायीले बताएका छन् ।

यसपल्ट दशैंमा काठमाडौं बाहिर जानेको सङख्या २० लाख भन्दा धेरै हुने यातायात व्यवस्था विभागले अनुमान गरेको छ । हिजो घटस्थापनाको दिनदेखि नै घर फर्कनेहरुको लर्को लाग्न थालेको हो । उनीहरु नयाँ बसपार्क, कंलकी कोटेश्वरबाट गाडी चढ्न पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर