चाडपर्वलाई लक्षित गर्दै मुगुमा बजार अनुगमन – Nepal Press

चाडपर्वलाई लक्षित गर्दै मुगुमा बजार अनुगमन

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा आइतबार र सोमबार बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ-रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत सरोकारवाला निकायको संयुक्त टोलीले सदरमुकाम गमगढी बजारमा अनुगमन गरेको हो । हिन्दुको महान् चाड दसैँ तिहार छठ पर्वलाई लक्षित गर्दै आज अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा लाखौँ मूल्य बराबरको खाद्यान्नको म्याद सकिएको भेटिएको छ । करिब एक दर्जनभन्दा बढी पसलको अनुगमन गर्दा लाखौँ मूल्य बराबरको म्याद सकिएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । पेयपदार्थ, चक्लेट, हर्लिक्स, सेन्चुरी मसला, बेसारलगायत वस्तुको म्याद सकिएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकाया, उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय मुगका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला अधिकांश पसलबाट बेचिने दैनिक उपभोग्य वस्तुको जाँच गरेको थियो ।

अनुगमनकै क्रममा यहाँका निजी औषधि पसल पनि अनुगमन गरिएको छ । साना तथा ठूला पसलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख बोहोराले बताए ।

नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले सरोकारवाला निकायले अनुगमनमा तीन/तीन महिनामा गरिनुपर्ने बताए । अनुगमनमा बजारका करिब दुई दर्जनभन्दा बढी पसलमा अनुगमन गरिएको थियो । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर