एकिकृत समाजवादी मकवानपुरको सचिवालय सदस्यसहित २३ जना एमालेमा – Nepal Press

एकिकृत समाजवादी मकवानपुरको सचिवालय सदस्यसहित २३ जना एमालेमा

हेटौंडा । नेकपा एकिकृत समाजवादी मकवानपुरकी सचिवालय सदस्य एवम राष्ट्रिय प्रतिनिधि परिषदकी सदस्य मनिला विष्टसहित २३ जना एमालेमा प्रवेश गरेका छन् । सोमबार मनहरी गाउँपालिकामा भएको कार्यक्रममा एमाले नेता डोरमणी पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, जुनेली श्रेष्ठ सहितको टोलीले विष्टसहित २३ जनालाई एमालेमा स्वागत गरेका हुन् ।

प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु बालमुकुन्ढ ढकाल, शिशुपाल बस्नेत, बासु पौडेल, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य गोविन्द बर्तौलासहित २३ जना रहेको एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुबेदीले बताए । पार्टी प्रवेश गर्दै विष्टले अब फुटेर हैन जुटेर पार्टी निर्माण गर्दै देशको नेतृत्व लिने समय आएकोले आफूहरु एमाले फिर्ता भएको बताइन् । स्थानीय तहको निर्वाचन परिणामले पनि सोहि सन्देश दिएको भन्दै एकिकृत समाजवादीमा अन्य राजनीतिक दल हाबी भएको आफुहरुले बुझेको उनको भनाई थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनहरी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी विष्ट २०७९ को स्थानीय निर्वाचनमा एकिकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएपनि पराजित भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *