लोकदोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा न्यौपाने सर्वसम्मत – Nepal Press

लोकदोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा न्यौपाने सर्वसम्मत

जापान । लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । जापानको टोकियोमा आइतबार सम्पन्न अधिवेशनले प्रतिष्ठानको अध्यक्षमा महेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा माधव सिग्देल, द्वितीय उपाध्यक्षमा दिलेन्द्र जोशी, महिला उपाध्यक्षमा सोना केसी, सचिवमा समुन्द्रराज पौडेल, सहसचिवमा अर्जुन सुवेदी, कोषाध्यक्षमा विशाल क्षेत्री र सह-कोषाध्यक्षमा प्रेमकुमार बस्नेत सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष सूर्य खड्काले जानकारी दिए ।

सदस्यहरुमा निर्मल क्षेत्री, शिवा केसी, मेघराज सोपकोटा, कौशल गुरुङ, बाला दुरा, दीपक कँडेल, मोतीराम भण्डारी, ईश्वरी अर्याल, विष्णु कँडेल, ईश्वर थापा, तिलाराम ढकाल र गोकुल सापकोटा रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जापानका लागि नेपाली दूतावासका उपनियोग प्रमुख अम्बिका जोशीले विदेशमा श्रम गर्दै आफ्नो कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कलाकारहरु संगठित हुनु सुखद भएको उल्लेख गरे ।

केन्द्रीय प्रतिनिधि रामकृष्ण बम मल्लको उपस्थितिमा सम्पन्न अधिवेशनबाट चयन भएको कार्यसमितिको पहिलो बैठकले ४ जना सदस्य मनोनीत गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर