आयोगद्वारा थप २ जना निर्वाचन अधिकृत हेरफेर – Nepal Press

आयोगद्वारा थप २ जना निर्वाचन अधिकृत हेरफेर

काठमाडौं । निर्वाचन आयोगले थप २ जना निर्वाचन अधिकृत हेरफेर गरेको छ । आयोगले आइतबारको निर्णयबाट मंगलबारदेखि लागू उनीहरुको हेरफेर गरेको हो ।

आयोगका अनुसार सिराहा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएका सर्वोच्च अदालतमा कार्यरत कृष्णप्रसाद अधिकारीलाई हटाएर सर्वोच्च अदालतमा नै कार्यरत मुकुन्द निरौलालाई खटाइएको हो ।

यस्तै, सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचन अधिकृतमा खटाइएका राजस्व अनुसन्धान विभागमा कार्यरत विदुरकुमार कार्कीलाई हटाएर विशेष सरकारी वकील कार्यालयमा कार्यरत उमाकान्त पौडेललाई खटाइएको हो ।

आयोगले यसअघि सुरुमा १६५ वटै निर्वाचन क्षेत्रमा खटाइएका मध्ये २ निर्वाचन क्षेत्रमा खटाइएका निर्वाचन अधिकृत पनि हेरफेर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *