विश्व च्याम्पियन फ्रान्स फेरि निराश, धन्न रेलिगेसन टर्‍यो – Nepal Press

विश्व च्याम्पियन फ्रान्स फेरि निराश, धन्न रेलिगेसन टर्‍यो

काठमाडौं । यूईएफए नेसन्स लिग ए फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा विश्व च्याम्पियन फ्रान्सले डेनमार्कसँग २-० गोलको हार व्यहोरेको छ । डेनमार्कको मैदानमा भएको खेलमा घरेलु टोलीका कास्पर डल्बर्ग र आन्द्रेस स्कोभ ओल्सेनले एक-एक गोल गरे । दुवैले पहिलो हाफमा गोल गरेपछि फ्रान्सलाई खेलमा पुनरागमन गर्न अप्ठेरो परेको थियो ।

समूह-१ मा फ्रान्सले ६ खेल खेल्नेक्रममा तेस्रो हार ब्यहोरेको हो । उसले तीन हार, दुई बराबरी र एक जितको नतिजा निकालेको छ । फ्रान्सले अघिल्लो साता मात्र अस्ट्रियालाई २-० गोलले हराएर पहिलो जित हात पारेको थियो । ६ खेलबाट पाँच अंक भएको फ्रान्स लिग बीमा रेलिगेसन हुनबाट भने जोगिएको छ ।

चौथो तथा अन्तिम स्थानमा रहेको अस्ट्रिया रेलिगेसनमा पर्‍यो । अस्ट्रियाले ६ खेलमा ४ अंक जोड्यो । फ्रान्स गत संस्करणको विजेता पनि हो । गत वर्ष भएको फाइनलमा फ्रान्सले स्पेनलाई हराएको थियो । शनिबार राति भएको अर्को खेलमा अस्ट्रियालाई ३-१ गोलले हराएको क्रोएसिया प्ले अफमा पुगेको छ । चारवटा समूहका विजेताले प्ले अफ खेल्नेछन् । क्रोएसियाले ६ खेल खेल्नेक्रममा चार जित, एक बराबरी र एक हारको नतिजा निकाल्यो । डेनमार्क एक अंकले मात्र चुक्यो । उसले ६ खेलमा चार जित र दुई हारको नतिजा व्यहोर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *