बलात्कार प्रयास मुद्दामा लहानका उपप्रमुख धरौटीमा छुटे – Nepal Press

बलात्कार प्रयास मुद्दामा लहानका उपप्रमुख धरौटीमा छुटे

जनकपुरधाम । बलात्कार प्रयास मुद्दामा प्रहरीको थुनामा पुगेका सिरहाको लहानका उपप्रमुख रामचलितर महतो धरौतीमा छुटेका छन् ।

जिल्ला अदालत सिरहाले उपप्रमुख महतोलाई आईतवार एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश मनोज केसीको इजलासले उपप्रमुख महतोलाई एक लाख धरौटी राखेर तारेखमा छाड्ने आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै धरौटी बुझाएर उपप्रमुख महतो रिहा भएको सिरहा प्रहरीले जनाएको छ । गत साउन ४ मा एक महिलाले जागिरको प्रलोभनमा कार्यकक्षमा बोलाएर बलात्कारको प्रयास गरेको भन्दै उपप्रमुख महतोमाथि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दर्ता गराएकी थिइन् ।

उजुरी दर्तापछि सम्पर्क विहिन बनेका उपप्रमुख महतो भदौं २४ मा प्रहरीमा हाजिर भएका थिए । नेपाली काँग्रेससँगको गठबन्धन गरेका जसपाको तर्फबाट उनी उपप्रमुखमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *