प्रदेशमन्त्रीले हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो – Nepal Press

प्रदेशमन्त्रीले हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

काठमाडौं । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदानमन्त्री शेरबहादुर देउवाको फोटो हटाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फाटो हटाएर प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र कुमार राईको तस्बिर राखिएको जानकारी गराएका छन् ।

यादवले लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’

उनले यसो गर्नुलाई पहिचानसँग जोडेका छन् ।


प्रतिक्रिया

One thought on “प्रदेशमन्त्रीले हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

  1. यस्ताको सार्वननिक पद खोस्नुपर्छ र अब आईन्दा बन्देज लगाउनुपर्छ । यसले संघियता भनेको नेपाल देशबाट छुट्टिने भन्ठानेछ । खालास !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर