देवदहमा एमाले नगर अध्यक्षद्वारा पार्टी परित्याग – Nepal Press

देवदहमा एमाले नगर अध्यक्षद्वारा पार्टी परित्याग

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् । देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यतासमेत परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले आगामी प्रतिनिधि सभा चुनावमा रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । २०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसँग झिनो मतले पराजित भएका थिए ।

एमाले सचिव छविलाल विश्वकर्माको निर्वाचन क्षेत्रमा रहेको रुपन्देही १ मा चापागाईंको एमाले परित्यागले एमालेविरुद्धको गठबन्धनलाई केही सहज हुने आंकलन गरिएको छ । स्थानीय निर्वाचनमा पुनः टिकटको आकांक्षी रहेका उनी नपाएपछि असन्तुष्ट रहेका थिए । देवदहमा यो पटक गठबन्धनविरुद्ध एमालेले मेयर तथा उपमेयरसहित बहुमत कार्यपालिकामा जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *