राष्ट्रिय वाणिज्य बैंकको विद्युतीय कारोबारमा क्यास ब्याक अफर – Nepal Press

राष्ट्रिय वाणिज्य बैंकको विद्युतीय कारोबारमा क्यास ब्याक अफर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

प्वाइन्ट अफ सेल (पस) को माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । यो योजना असोज १० देखि कार्तिक १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार देशभर विभिन्न व्यवसायमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइप गर्दा अधिकतम ५ प्रतिशत (रु.५००) क्यास ब्याक हुनेछ ।

यस्तै ६ देखि १० पटकको कार्ड स्वाइपमा अधिकतम १० प्रतिशत क्यास ब्याक (रु.७५०) र ११ देखि १५ पटकको कार्ड स्वाइपमा अधिकतम १५ प्रतिशत क्यास ब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।

यसैगरी असोज ७ देखि १४ गतेसम्म र कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा ५ सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यासब्याक हुने बैंकले जनाएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर