अवकाशको एक साताअघि नै बिदा हुँदै कामु प्रधानन्यायाधीश कार्की – Nepal Press

अवकाशको एक साताअघि नै बिदा हुँदै कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । कार्कीले असोज १६ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । तर, भोलिदेखि नै दसैँ बिदाका कारण अदालत बन्द हुने भएकाले उनको एक साताअघि बिदाई हुन लागेको हो ।

अवकाशमा जानुअघि सर्वोच्च अदालत प्रशासनले कार्कीको बिदाईका लागि कार्यक्रम राखेको प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि गत फागुनदेखि कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतको नेतृत्व गर्दै आएका छन् । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिशका रूपमा कार्कीले उक्त जिम्मेवारी पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *