निर्वाचन क्षेत्रमा गगनले गरे फिटनेस क्याम्प आयोजना – Nepal Press

निर्वाचन क्षेत्रमा गगनले गरे फिटनेस क्याम्प आयोजना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा फिटनेस क्याम्प सम्पन्न भएको छ । थापाको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नाडा र एनवाईएफसीको संयुक्त आयोजनामा फिटनेस क्याम्प सञ्चालन गरिएको हो । 

मैतीदेवी मन्दिर परिसरमा गरिएको फिटनेस क्याम्पमा चार वटा स्टेशन राखिएको थियो । पहिलो स्टेशनमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले रक्तचाप, मुटुको धड्कन र सुगरको मात्रा परीक्षण गरेको थियो ।

अर्को स्टेशनमा एनवाईएफसीले शारीरिक मूल्यांकन गरेको थियो । जसमा बडी मास इन्डेक्स (बीएमआई), वेष्ट हिप रेसियो (डब्लुएचआर), स्कीनफोल्डको परीक्षण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *