झापा र इलामको सीमा आसपासमा भारी वर्षा – Nepal Press

झापा र इलामको सीमा आसपासमा भारी वर्षा

काठमाडौं । पछिल्लो ६ घण्टादेखि झापाको केचना,चन्द्रगढी,विर्तामोड,शनिश्चरे,कन्काई गैडे, लगायत झापा इलामको सीमा आसपास भारी वर्षा भइरहेको छ ।

अझै यी स्थानमा भारी वर्षा हुने जल तथा मौसम विभागले जनाएको छ ।

भारी वर्षाको कारण मेची, विरिङ,निन्दा, बक्राह, मावा रतुवा,अदुवाखोला लगायत झापाको साना खोलामा आकस्मिक बाढी आउन सक्ने साथै होचा भूभागमा डुवान हुन सक्ने भएकाले दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर