कसले चलायो सी जिनपिङ नजरबन्दमा परेको हल्ला ? भारतमा बन्यो ट्वीटरको ट्रेण्डिङ – Nepal Press

कसले चलायो सी जिनपिङ नजरबन्दमा परेको हल्ला ? भारतमा बन्यो ट्वीटरको ट्रेण्डिङ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको अपुष्ट खबरसँगै छिमिकी मुलुक भारतको ट्वीटर ह्याण्डलमा सी जिनपिङ ट्रेन्डमा आएको छ । चीनका संचार माध्यमहरुले यस विषयमा कुनै पनि समाचारहरु सम्प्रेषण नगरेको अवस्थामा पनि पीपुल्स लिबरेसन आर्मी (पीएलए) ले पिङलाई नजरबन्दमा राखेको हल्ला व्यापक बन्दै गएको हो ।

यो हल्ला भ्रष्टाचार आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैद सुनाइए पछि तिव्र हुँदै गएको हो । अमेरिकामा बस्दै आएकी चिनियाँ मानवअधिकारकर्मी जेनिफर जेङले आफ्नो ट्वीटर ह्यान्डलमा पीएलए बेइजिङतर्फ गइरहेको दाबी गर्दै सीसीपी वरिष्ठ अधिकारीहरुले सी जिन पिङलाई पिएलए प्रमुखबाट हटाएपछि उनलाई नजरबन्दमा राखिएको भन्ने सुन्नमा आएको बताएकी छिन् ।

यती मात्र नभएर शुक्रबार बिना कुनै पुर्व जानकारी चीनमा अधिकांश उडानहरु रद्द गरिएको पनी जनाइएको छ । यस्तै अमेरिकामै बस्दै आएका अर्का लेखक गोर्डन चाङले पनि जेङलेनै पोस्ट गरेको भिडिओ पोस्ट गर्दै देशमा ५९ प्रतिशत उडानहरू ग्राउन्डिङ गरिएको र वरिष्ठ अधिकारीहरूलाई जेल हालेको तुरुन्तै सार्वजनिक भएको सो भिडिओले धुवा उडेको संकेत गरेको र धुवा उड्नुको मतलब कती आगो लाग्नु भएको विचार व्यक्त गरेका छन् ।

यता भारतिय संचार माध्यम एचडब्लुले फ्लाइट ट्रेडरबाट जाँच गर्दा चिनियाँ आकाशमा सामान्यभन्दा कम ट्राफिक भएका आन्तरिक उडानहरू मात्र उडेको देखिएको दाबी गरेको छ । भारतिय जनता पार्टीका नेता सुब्रमनियम स्वामीले पनि सी जिङ नजरबन्दमा परेको हल्ला व्यापक बनेको भन्दै ट्वीट गरे पछि यो बिषयले भारतमा थप चर्चा पाएको हो । रुमरका अनुसार सी जिन पिङको ठाउँ अब पिएलए जनरल ली छियाओमिङले लिएका हुन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *