शेखर समूहमा प्रस्ताव- संसदीय बोर्ड बैठक घेर्नेदेखि चुनाव बहिस्कार गर्नेसम्म (भिडिओ) – Nepal Press

शेखर समूहमा प्रस्ताव- संसदीय बोर्ड बैठक घेर्नेदेखि चुनाव बहिस्कार गर्नेसम्म (भिडिओ)

विद्रोहको चरणबारे नेताहरू छलफलमा हुनुहुन्छ, चाँडै देशव्यापी खबर हुन्छ : डिल्लीराम सुवेदी

काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला समूहले पार्टीभित्र ४० प्रतिशत सीट समानुपातिक र प्रत्यक्ष दुबैतिर नपाए चुनाव बहिस्कार गर्ने भएको छ ।

पहिलो चरणमा विनम्रतापूर्वक आग्रह गरिएको र त्यसले नपुगेर आक्रोशको रूपमा खबरदारी सभा गरिएको भन्दै शेखर समूहका नेता गुरु घिमिरेले अब विद्रोह हुने बताए ।

शनिवारको खबरदारी सभाका सञ्चालक कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले दोस्रो चरणको आन्दोलनका बारेमा छलफल भइरहेको र चाँडै खबर गरिने जानकारी दिए ।

उनले भने- अहिले विभिन्न प्रस्ताव आएका छन्,जुन दिन संसदीय बोर्डको बैठक जहाँ बस्छ त्यहाँ हजारौँ कार्यकर्ता गएर घेराबन्दी गर्छौँ भन्ने कुरा पनि छ । केन्द्रीय कार्यालयमा आमरण अनसन र रिले अनसन बस्ने प्रस्ताव पनि आएको छ । हाम्रो नेताहरुबीच छलफल चलिरहेको छ ।

शेखर पक्षले १६ गते अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने शर्त सभापति शेरबहादुर देउवा समक्ष राखेको छ ।

अब देउवाबाट न्याय सम्भव नदेखिएकाले ७७ वटै जिल्लामा उम्मेदवार उठाएर जाने वा चुनाव बहिस्कार गर्ने विकल्पमा छलफल शुरु भएको भेलाका अध्यक्ष जगदीश नरसिंह केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर