कपिलवस्तुमा बलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु – Nepal Press

कपिलवस्तुमा बलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। १ मा शनिबार बिहान पिकअप बलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको बा.प्र.०१/०२५ च ९२४४ नम्बरको वलेरो र विपरीत दिशाबाट आइरहेको लु ५७ प ५८०३ नम्बरको मोटरसाइकल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । बलेरो र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *