राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई २५ हजार थपेर अब मासिक ५० हजार दिइने – Nepal Press

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई २५ हजार थपेर अब मासिक ५० हजार दिइने

काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई यस अघि मासिक रुपमा २५ हजार दिदैँ आएकोमा २५ हजार थपेर ५० हजार पुर्याउने निर्णय गरेको ए एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । ति मन्त्रीले भने ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नै शताब्दी पुरुष सत्यमोहन जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत एक नर्सले हेरचाह गर्नेगरी २४ सै घण्टा नर्सिङ सेवा दिने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर