लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार गर्ने हाम्रो नेपाली पार्टीलाई ३ दिने स्पष्टिकरण – Nepal Press

लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार गर्ने हाम्रो नेपाली पार्टीलाई ३ दिने स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको भएको भन्दै प्रचार प्रसार गर्ने हाम्रो नेपाली पार्टीलाई ३ दिने स्पष्टिकरण सोधेको छ । आयोगले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिदैँ स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन विपरित भएकोले स्पष्टीकरण सोधेको हो ।

‘के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? र कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने ?’ भन्दै हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण सोधेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *