हेटौँडाको कर्रा खोलामा पौडी खेल्दा बेपत्ता तीनजना बालकको शव फेला – Nepal Press

हेटौँडाको कर्रा खोलामा पौडी खेल्दा बेपत्ता तीनजना बालकको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालक मृत फेला परेका छन् । हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार करिब ६ बजे साँझ पौडी खेल्न गएका ३ जना बालक डुबेर बेपत्ता थिए । प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा बालकहरु डुबेको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अनुसार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका बालकहरुमा हेटौंडा-१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर