वागमती प्रदेश सदस्य माझी राप्रपाबाट राप्रपा नेपाल प्रवेश – Nepal Press

वागमती प्रदेश सदस्य माझी राप्रपाबाट राप्रपा नेपाल प्रवेश

हेटौंडा । वागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् ।

आज बागमती गाउँपालिका–३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए ।

मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।

हेटौंडा-काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण, विश्वविद्यालय स्थापना, औद्योगिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद रिता माझीले इमानदारीता, निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर