मुम्बईमा ‘प्रेमगीत ३’को प्रिमियर शो – Nepal Press

मुम्बईमा ‘प्रेमगीत ३’को प्रिमियर शो

हाम्रो नेपाल कति सुन्दर छ भन्ने चलचित्रले देखाएको छ : निरुता सिंह

काठमाडौं । आज शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको सिनेमा ‘प्रेमगीत ३’को बिबहिबार साँझ मुम्बईमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाको प्रिमियर शोमा निर्माता तथा निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री कृष्टिना गुरुङ तथा नेपाली सिनेमाकी एक समयकी चर्चित अभिनेत्री निरुता सिंहलगायतको उपस्थिति रहेको थियो ।

अभिनेत्री निरुताले सिनेमामा हेरेर हलबाट निस्कँदै गर्दा गर्व महसुस भएकको बताइन् । नेपाली सिनेमा भारतमा ठुलो स्केलमा रिलिज हुनु नै हाम्रो लागि गर्वको कुरा रहेको अभिनेत्री सिंहले भनिन् । नेपाली सिनेमा कसरी बन्यो । कसरी चल्छ, कस्तो छ, त्यो परको कुरा हो । नेपाली सिनेमा भारतमा रिलिज हुनु नै सवैभन्दा ठुलो कुरा रहेको अभिनेत्री सिंहको भनाई छ । अभिनेत्री सिंह लामो समयदेखि भारतको मुम्बईमा बस्दै आइरहेकी छन् ।

निरुताले नेपाल कति सुन्दर छ भन्ने कुरा सिनेमाले देखाएको समेत बताइन् । ‘कति सुन्दर छ हाम्रो नेपाल भन्ने चलचित्रले देखाएको छ । वाह १ हाम्रो नेपाल भन्ने महसुस भयो’, उनले बताइन् । अभिनेता प्रदीप खड्का, डेव्यु–अभिनेत्री क्रिष्टिना गुरुङको अभिनय एकदमै राम्रो रहेको भन्दै निर्माता एवं निर्देशक सन्तोष सेन धन्यवादको पात्र भएको बताइन् ।

सिनेमाको मुम्बई प्रिमियरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङले लगाएको ड्रेसअपको पनि चर्चा भैरहेको छ । दर्शक तथा सिनेमाकर्मीले प्रदीप र कृष्टिना निकै खुलेको भन्दै तारिफ गरिरहेका छन् । सिनेमाले नेपालमा पनि बम्पर ब्यपार गरिरहेको छ । वितरकले शुक्रबार मात्रै सिनेमाले साढे २ करोड माथिको व्यपार गर्ने अनुमान छ ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । पिरियड प्रेमकथामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।

सिनेमाको नेपाली भर्सनमा कल्याण सिंहरएलिश कार्कीको संगीत, राजेश श्रेष्ठरपुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन छ ।

आशुषेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द र डम्बर विक्रम सेनको कार्यकारी निर्माण तथा कुमार शान शाह र ओएसआर डिजिटलको सह–निर्माण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर