अख्तियारद्वारा प्रदेशमन्त्री सोडारीकी श्रीमतीविरुद्ध विशेषमा मुद्दा दर्ता (आराेपपत्रसहित) – Nepal Press

अख्तियारद्वारा प्रदेशमन्त्री सोडारीकी श्रीमतीविरुद्ध विशेषमा मुद्दा दर्ता (आराेपपत्रसहित)

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मन्त्री सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियारले शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका- ९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन् ।

बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर हो ।

उनले नेपाल सरकारलाई नोक्सानी पुर्‍याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री सोडारी नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता हुन् ।

यस्ताे छ आराेपपत्रः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *