२ दिनमै निर्वाचन अधिकृत हेरफेर – Nepal Press

२ दिनमै निर्वाचन अधिकृत हेरफेर

काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको दोस्रो दिनमै दुई वटा क्षेत्रका अधिकृत हेरफेर गरेको छ ।

असोज ११ गतेदेखि लागू हुने गरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा खटाइएका सर्वोच्च अदालतका उपसचिव देवेन्द्र ढकाललाई हटाइएको छ । उनको ठाउँमा सर्वोच्चकै उपसचिव राजकुमार दाहाललाई खटाइएको छ ।

यस्तै बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएका उच्च सरकारी वकिल कार्यालय बागलुङका अशोकराज रेग्मीलाई पनि हटाइएको छ । उनको ठाउँमा जलस्रोत तथा सिंचाइ विभागका कानूनतर्फका उपसचिव बाबुराम पाण्डेलाई खटाइएको आयोगले जनाइको छ ।

आयोगले बुधबारमात्रै ७७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र बाँकी ८८ वटा निर्वाचन क्षेत्रमा न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई निर्वाचन अधिकृत तोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर