खेल्दाखेल्दै रोकिराखेको गाडीमुनि छिरेका १७ महिने बालकको किचिएर मृत्यु – Nepal Press

खेल्दाखेल्दै रोकिराखेको गाडीमुनि छिरेका १७ महिने बालकको किचिएर मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- १ लोकन्थलीमा खेल्दाखेल्दै रोकिराखेको गाडीमुनि पसेका १७ महिने बालकको किचिएर मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि पानी झार्न रोकिराखेको गाडीले किचेर सलिल श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पानी झारेर अगाडि बढ्ने क्रममा गाडीमुनि रहेका सलिलको किचिएर ज्यान गएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *