नाडा अटो प्रदर्शनी: इलेक्ट्रिक स्कुटरमा झुम्मिए उपभोक्ता, कुन कम्पनीको कति पर्छ मूल्य ? – Nepal Press

नाडा अटो प्रदर्शनी: इलेक्ट्रिक स्कुटरमा झुम्मिए उपभोक्ता, कुन कम्पनीको कति पर्छ मूल्य ?

काठमाडौं । बिहीबारदेखि ईभी नाडा अटो प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा जारी छ । यो नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधनको प्रदर्शनी हो । प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनीमा धेरैजसोको आकर्षण इलेक्ट्रिक स्कुटरमा देखिएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विद्युतीय स्कुटरतर्फ उपभोक्ता आकर्षित भएका हुन् । यसको सवारी करसमेत कम भएकाले उपभोक्ताहरु इलेक्ट्रिक स्कुटरतर्फ डाइभर्ट हुन थालेका छन् ।

सरकारले पनि नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापनको नीति लिएको छ । यसका लागि अध्ययनसमेत भइरहेको छ ।

कुन स्कुटरको मूल्य कति छ ?

लेभनेङ

लेभनेङका स्कुटर पौने तीन लाखदेखि साढे ५ लाखसम्मका छन् । यसका ११ वटा मोडेलका स्कुटरको फरक फरक मूल्य रहेको छ । यो चिनियाँ कम्पनी हो । यसको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल मोटर्स हो ।

सेजवे

सेजवेको ई १०० मोडलको स्कुटरको मूल्य २ लाख ९० हजार रुपैयाँ रहेको छ । ईभी अटो शोमा बुकिङ गर्नेलाई १० हजार रुपैयाँसम्म छुट हुनेछ । यस्तै ई १२५ मोडलको ३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

न्यू ब्राण्ड

न्यू (एनआईयू) ब्राण्डका स्कुटरमा पनि उपभोक्ताको आकर्षण देखिएको छ । यसका ८ वटा मोडलका स्कुटर प्रदर्शनीमा राखिएको छ । यसका ९० देखि १२० किलोमिटरसम्मको रेन्जका स्कुटर उपलब्ध छन् । जसको मूल्य साढे एक लाखदेखि पौने ५ लाखसम्म रहेको छ । न्यूको आधिकारिक बिक्रेता ईको इन्फिनिटी हो ।

यडिया

यडियाका सिवानएसको मूल्य ३ लाख ७० हजार, जी फाइभको ३ लाख ५० हजार र एस लाइकको २ लाख ५५ हजार मूल्य रहेको छ ।

यी स्कुटर लिथियम ब्याट्रीबाट चल्छ । साथै यी स्कुटरहरुमा इन्टेलिजेन्स ब्याट्री म्यानेजमेन्ट सिस्टम पनि रहेको छ । यी स्कुटरको रेन्ज ८० किलोमिटरसम्म हो । मोटर र ब्याट्रीमा २ वर्षको वारेन्टी दिइएको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले जनाएको छ ।

सुपर सो

सुपरसोको सीयू स्कुटर स्टाण्डर्ड कलरको २ लाख ६९ हजार ९ सय रुपैयाँ र लक्जरी कलरको २ लाख ८० हजार ९ सय रुपैयाँ रहेको छ । ८५ किलोमिटर रेन्जको यो स्कुटरको ब्याट्रीमा ३ वर्ष र मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।

ओला

ओला ब्राण्डको स्कुटर प्रदर्शनीमा राखिएको छ । आर्कषक लुक भएको स्कुटरको मूल्य भने निर्धारण नगरिएको सीजी मोटर्सले जनाएको छ । यसको दुई मोडलका ओला एसवान र एसवान प्रो रहेको छ । यसको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स हो ।

आइमा

यसका चार मोडलका स्कुटर प्रदर्शनीमा राखिएको छ । माइनप्लसको २ लाख ७४ हजार रुपैयाँ र टाइगर एसफाइभको १ लाख ४ हजार रुपैयाँ रहेको छ । यस्तै X611EEC को ४ लाख ५८ हजार र X612EECको ५ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यसमा ७५ देखि १८० किलोमिटरसम्मका रेन्ज रहेका छन् । यसले फ्ल्याट डिस्काउन्ट १० हजार र स्पेशल डिस्काउन्ट ४ हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । यसको नेपालका लागि आधिकारिक बिक्रेता हिमाल ईभी मोटर्स हो ।

जोय

जोयको २ मोडलका स्कुटर प्रर्दशनीमा राखिएको छ । जेन नेक्सट नानु प्लसको २ लाख ६५ हजार र वल्फ प्लसको १ लाख ६९ हजार रुपैयाँ रहेको छ । यसको आधिकारिक बिक्रेता महावीर अटोमोबाइल्स हो ।

हिरो

हिरोका चारवटा इलेक्ट्रिक स्कुटर पनि प्रदर्शनीमा राखिएको छ । इण्डियाको हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी प्रालि हो । यसका २ लाख ६९ हजारदेखि ३ लाख ९ हजारसम्म पर्ने स्कुटर रहेका छन् । यी स्कुटरहरुमा तीन वर्षको वारेन्टी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *