हैट ! बुद्धि तामाङले गरे विवाह (तस्वीरहरु) – Nepal Press

हैट ! बुद्धि तामाङले गरे विवाह (तस्वीरहरु)

काठमाडौं । हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ आज विवाह बन्धनमा बाँधिँदैछन् । कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले जारी छ ।

मकवानपुरकी अनु थिङसँग उनले मागी विवाह गरेका हुन् । ३० वर्षीय थिङ हाल स्नातक अध्ययरत रहेको बताइएको छ ।

तामाङ संस्कारअनुसार भएको विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता-निर्देशक अशोक शर्मा कबड्डी श्रृंखलामा बुद्धिका सहकर्मी विजय बराललगायत विवाहमा जन्ती गएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर