सिटिजन्स बैंकले १ अर्ब २७ करोड लाभांश बाँड्ने – Nepal Press

सिटिजन्स बैंकले १ अर्ब २७ करोड लाभांश बाँड्ने

काठमाडौं । सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि दिइने गरी सञ्चालक समितिको बैठकले उक्त लाभांशको निर्णय गरेको हो ।

बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

चुक्ता पूँजीको ९ प्रतिशत अर्थात १ अर्ब २७ करोड ८० लाख ७ हजार ६६१ रुपैयाँ लाभांश बैंकले वितरण गर्नेछ । असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकले १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ ईकाईबाट करिब १४ लाख ७० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर