नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ बाट सम्मानित – Nepal Press

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित भएको छ । यही असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ गरी दुई अवार्ड पाएको हो । अघिल्लो वर्ष पनि नबिलले ‘एसएमई फाइनान्सियर अफ दि इयर एसिया २०२१’ जितेको थियो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्‍याएको कारण आईएफसी र एसएमई फाइनान्स फोरमद्वारा सम्मान पाएको थियो । विश्व बैंक समूहको सदस्य आईएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ ।

तीनदिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा सहभागी नबिल बैंकका एसएमई एण्ड एमएफका प्रमुख निरजकुमार बस्नेत (डनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरव भएको बताए । देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले सुनाए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । उनले भने, ‘एसएमई क्षेत्र अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेकाले अहिले देश तरलताको समस्यासँग लडिरहँदा पनि एसएमई क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लानु नबिल बैंकको प्रमुख प्राथमिकतामध्ये एक रहेको छ ।’

नवौं ग्लोबल फाइनान्स फोरम असोज ३ देखि ५ गतेसम्म कम्बोडियाको नोपपेन्हमा भएको थियो । यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो । विश्व अर्थतन्त्रको मेरूदण्ड मानिएको एसएमईमा केन्द्रित रही तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवर्द्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।

नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर