एक लाख १५ हजार म्यादी प्रहरीका लागि २ लाख ३१ हजारको आवेदन – Nepal Press

एक लाख १५ हजार म्यादी प्रहरीका लागि २ लाख ३१ हजारको आवेदन

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा परिचालन हुने एक लाख १५ हजार म्यादी प्रहरीका लागि खुलाइएको भर्नामा २ लाख ३१ हजार १४५ जनाले आवेदन दिएका छन् । भदौ ३० गतेबाट सुरु भएको भर्ना आवेदनको म्याद बिहीबार सकिएको थियो ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरीका लागि २ लाख ९३ हजारले आवेदन दिएका थिए । त्यसको तुलनामा आसन्न निर्वाचनका लागि ६२ हजार कम आवेदन परेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख ७१ हजार ५२ जना पुरुष र ६० हजार ९३ जना महिलाले आवेदन दिएका छन् ।

काठमाडौं उपत्यकामा ९ हजार ७१, प्रदेश १ मा ३५ हजार ४९०, मधेसमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०१, गण्डकीमा १७ हजार ४०१, लुम्बिनीमा ४४ हजार ७, कर्णालीमा १४ हजार ७७५ र सुदूरपश्चिममा २२ हजार ४१६ जनाको आवेदन परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर