यूईएफए नेसन्स लिग : बेल्जियम र नेदरल्यान्डको जित – Nepal Press

यूईएफए नेसन्स लिग : बेल्जियम र नेदरल्यान्डको जित

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत बिहिबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् ।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २-१ ले पराजित गर्‍यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे ।

जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

समूहको अर्काे खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २-० ले पराजित गर्‍यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ । पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर