खर्च विवरण बुझाएको नागरिक उन्मुक्तिको दाबी, निर्वाचन अधिकृत गैर जिम्मेवार भएको आरोप – Nepal Press

खर्च विवरण बुझाएको नागरिक उन्मुक्तिको दाबी, निर्वाचन अधिकृत गैर जिम्मेवार भएको आरोप

कैलाली । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमामा भएको खर्च विवरण बुझाउँदा पनि निर्वाचन आयोगले कारबाहीको सूचीमा राखेको भन्दै नागरिक उन्मुक्ति पार्टीले विरोध जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ कमिटीले आज एक विज्ञप्ति जारी गर्दै आफूहरूले निर्धारित समय भित्रै निर्वाचनको खर्च विवरण बुझाएको दाबी गरेको छ । निर्वाचन अधिकृतको लापरवाहीका कारण यस्तो भएको हुन सक्ने विज्ञप्तिमा जनाइएको छ । खर्च विवरण बुझाउँदा पनि आफ्ना पार्टीका उम्मेदवारहरूलाई जरिवाना गर्न लागिएको भन्दै त्यसो नगर्न पार्टीले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

गाउँ कमिटी इन्चार्ज फागुराम चौधरीले जारी गरेको विज्ञप्तिमा निर्वाचन खर्च विवरण बुझाएर धरौटीसमेत फिर्ता लिएको उल्लेख गरिएको छ । निर्वाचन अधिकृतको लापरवाहीले पार्टीको उम्मेदवार र पार्टीको बदनाम भएको भन्दै कानुनी रुपमा समेत अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

यो स्थानीय तहमा प्रमुख उपप्रमुख सहित बहुमत वडामा नागरिक उन्मुक्ति पार्टीले जितेको थियो । ९ वडा रहेको यहाँ नेकपा एमालेले ४ र बाकी नागरिक उन्मुक्ति पाटी विजयी भएको हो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर