कांग्रेस छोडेर बिपी कांग्रेसमा जाँदै प्रदेश सांसद दिव्यश्वरी – Nepal Press

कांग्रेस छोडेर बिपी कांग्रेसमा जाँदै प्रदेश सांसद दिव्यश्वरी

‘नेपाली कांग्रेसमा कांग्रेस नीतिमा रहेन’

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्यश्वरी शाहले आफ्नो पार्टी नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेकी छन् । शुक्रबार यस विषयमा पार्टीलाई जानकारी दिने उनले नेपाल प्रेसलाई बताइन् । जन्मजात आफू कांग्रेस भएको बताउने उनले पछिल्लो समय कांग्रेस नीतिमा नरहेपछि आफुले पार्टी छोड्न लागेको बताइन् ।

‘मैले भोलि कांग्रेस छोडेको पार्टीलाई जानकारी दिन्छु । केही दिनमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर पनि बताउँछु’, उनले भनिन् ‘म जन्मजात कांग्रेस हो । पहिलाको जस्तो कांग्रेस रहेन अहिले । अहिले कांग्रेस आफ्नो नितिमा छैन ।’

काङ्ग्रेस समानुपातिकमार्फत प्रदेशसभा सदस्य भएकी शाह यहाँकी जेष्ठ सदस्य हुन् । उनी ८९ वर्षकी भइन् । सभामुख चयन हुनु पहिले जेष्ठ सदस्यको हैसियतले शाहले बैठक संचालन गरेकी थिइन् । त्यस्तै, उनले कांग्रेस परित्याग गरेर उनी बिपी कांग्रेस पवेश गर्ने लागेको समेत जानकारी दिएकी छन् ।

यसअघि डडेल्धुराबाट प्रत्येक निर्वाचन कर्ण मल्लले पनि कांग्रेस छोडेर बिपी कांग्रेसमा लागेका थिए । उनलाई पार्टीले कारबाही गरे पनि प्रदेशसभा सदस्यबाट भने आफै राजीनामा दिएका थिए ।

 


प्रतिक्रिया

One thought on “कांग्रेस छोडेर बिपी कांग्रेसमा जाँदै प्रदेश सांसद दिव्यश्वरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर