सवारीसाधनको २० वर्षे आयु खारेज गर्न स्वरोजगार यातायात मजदुर संगठनको माग (भिडिओ) – Nepal Press

सवारीसाधनको २० वर्षे आयु खारेज गर्न स्वरोजगार यातायात मजदुर संगठनको माग (भिडिओ)

काठमाडौं । स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारी साधनमा लगाएको २० बर्षे आयु पुनर्विचार गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेश टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको हो ।

सार्वजनिक सवारीलाई लगाइएको २० वर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० वर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नविकरण गर्नुपर्ने र जफत गरिएका सवारी सवारी साधनहरु तत्काल सवारी धनीहरुलाई फिर्ता गर्नुपपर्ने आफुहरुको माग रहेको संगठनका अध्यक्ष खड्ग बहादुर गिरीले जानकारी दिए । उनले गाडीहरु आयुले नभई इञ्जीनले चल्ने भएकाले इञ्जीन सहि अवस्थामा रहेका सवारी साधन चल्न पाउनुपर्ने बताए ।

संगठनले यस विषयमा आफुहरु छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया

One thought on “सवारीसाधनको २० वर्षे आयु खारेज गर्न स्वरोजगार यातायात मजदुर संगठनको माग (भिडिओ)

  1. हामी ले २० बर्ष पुगेर चल्तीको गाडी काटी सकेउ हाम्रो मुअब्जा कस्ले दिन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर