१२ बुँदाको मस्यौदाकर्ता म, केपी ओली र नारायणकाजी हौं: बाबुराम भट्टराई (भिडिओ) – Nepal Press

१२ बुँदाको मस्यौदाकर्ता म, केपी ओली र नारायणकाजी हौं: बाबुराम भट्टराई (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १२ बुँदे शान्ति सम्झौता दिल्लीले गराइदिएको प्रचार झूटो भएको बताएका छन् । उनले यो सम्झौताको सुरुवात आफूहरुले नै गरेको दाबी गरे ।

भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा बोल्दै भट्टराईले सो दाबी गरेका हुन् । उनले थापाको आत्मकथामा केही तथ्यहरु सही रुपमा नआएको गुनासो गरे ।

उनले भने, ‘दिल्लीको हस्तक्षेपमा १२ बुँदे भएको भन्ने सत्य होइन । त्यसको सुरुवात हामीले नै गरेका थियौं । २००७ सालमा भएको सहमति त नेहरुजीले आफैं ड्राफ्ट गरेर कोइरालाहरुलाई दिएका थिए । तर, १२ बुँदे त्यस्तो होइन ।’

उनले १२ बुँदे सम्झौताको मस्यौदा आफूसहित केपी ओली र नारायणकाजी श्रेष्ठले गरेको बताए । पछि यसलाई प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले अन्तिम रुप दिएको उनको भनाइ छ ।

‘इतिहासलाई तोडमोड गर्नुहुँदैन, १२ बुँदे दिल्लीले नै गरेको थियो भन्दा अन्याय हुन्छ’, डा. भट्टराईले भने ।


प्रतिक्रिया

One thought on “१२ बुँदाको मस्यौदाकर्ता म, केपी ओली र नारायणकाजी हौं: बाबुराम भट्टराई (भिडिओ)

  1. भारतीय दलाल ओलिलाई हुँदै नभएको ठाउँमा जोडन सकिन्छ कि भनेर कोसिस गर्छन । तर याद गर जनताले स्पष्ट बुझिसके यो देशलाई सबै हिसाबले चाहिने नेता ओलि हुन । उनी तिमीहरूजस्त‍ो भारतीय दलाल वा अरू विदेशीको दलाल हुनै सक्दैनन् । ओलि र एमालेको नीति र गराइ नै हाम्रो देशको लागि एकमात्र आवश्यक नीति र गराइ देखियो । म एमाले होईन तर आउने चुनावमा एमालेलाई भोट हाल्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर