कम्बोडियामा युद्ध अपराधबारे १६ वर्षपछि अन्तिम फैसला, तीन जना दोषी ठहर, – Nepal Press

कम्बोडियामा युद्ध अपराधबारे १६ वर्षपछि अन्तिम फैसला, तीन जना दोषी ठहर,

काठमाडौं । संयुक्त राष्ट्रसंघ समर्थित न्यायालयले १६ वर्षपछि कम्बोडियामा खेमररुज शासनकालमा भएका युद्ध अपराधबारे अन्तिम फैसला सुनाएको छ । फैसलाले खेमररुज शासनकालको युद्ध अपराधमा तीनजनालाई दोषी ठहर गरेको छ ।

सन् १९७० को दशकमा भएको उक्त युद्धमा झण्डै १७ लाख मानिसले ज्यान गुमाएका थिए । न्यायालयले खेमररुजका अन्तिम तथा एकमात्र जीवित शासक खिउ साम्फानले गरेको अपिललाई अस्वीकार गर्दै अन्तिम फैसला सुनाएको हो । खिउलाई सन् २०१८ मा नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधमा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाइएको थियो ।

यद्यपि उनले सो समय आफू मनोनीत सरकार प्रमुख रहे तापनि आफूमा निर्णय शक्ति नरहेको भन्दै न्यायालयमा अपिल गरेका थिए । दोषी ठहराइएकामध्ये ९१ वर्षीय साम्फानमात्र जीवित छन् । यसबाहेक दोषी ठहराइएका शासक गुओन चेलाई र काइङ गुएक इएभको क्रमशः सन् २०१९ र २०२० मा मृत्‍यु भइसकेको छ ।

इएभमाथि हत्या गर्नुपूर्व १६ हजार मानिसलाई चरम यातना दिएको आरोप छ । खेमररुज शासनकालमा कम्बोडियामा एग्रागियन समुदायका मानिसहरुमाथि चरम ज्यादती भएको थियो । राष्ट्रसंघ समर्थित न्यायालयले यो फैसला सुनाउन ३३ करोड ७० लाख अमेरिकी डलर खर्च गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर