कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार – Nepal Press

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई तोकिएको छ । आज बसेको तयारी समितिको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

साथै घोषणापत्रका सन्दर्भमा आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि प्रवक्ताको जिम्मेवारी पाएका परियारलाई सम्झन भनिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी भने महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ ।

उक्त समितिमा ६ जना सहमहामन्त्री, केन्द्रीय सदस्य र पार्टीमा आबद्ध विज्ञहरू सहित ४१ जना समेटिएका छन् । जसमा अर्थविद् डा. स्वर्णिम वाग्ले, पत्रकार सुरेश आचार्य, गेजा शर्मा वाग्लेलगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर