एनएमबी बैंकले विद्युतीय गाडीलाई सस्तो ब्याजदरमा कर्जा दिने – Nepal Press

एनएमबी बैंकले विद्युतीय गाडीलाई सस्तो ब्याजदरमा कर्जा दिने

काठमाडौं । एनएमबी बैंकले बिद्युतीय गाडीमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसँग सहकार्य गरेको छ । जसमा ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सबै कागजात बुझाएको २४ घण्टाभित्र कर्जा प्रवाह हुनेछ । वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले यो समझदारी गरेको जनाएको छ ।

जसमा न्यून ब्याजदर, लचिलो समयावधिजस्ता विशेषताहरू समावेश छन् । एनएमबीका अनुसार यस कर्जा योजना व्यवसायसागै वातावरणीय दायित्व पूरा गर्ने सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने बैंकको लक्ष्य छ ।

‘यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ’, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर