भारतबाट फर्किएको भोलिपल्टै श्रीमतीको हत्या, छोराछोरी घाइते – Nepal Press

भारतबाट फर्किएको भोलिपल्टै श्रीमतीको हत्या, छोराछोरी घाइते

कैलाली । कैलालीमा एकजनाले श्रीमतीको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका-५ का करिब ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले पत्नी ललिताको हत्या गरेका हुन् ।

शेरबहादुरले कुटपिट गरी ललिताको हत्या गरेको कैलाली प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बुबाको कुटपिटबाट छोराछोरीसमेत घाइते भएका छन् । १७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् ।

बिहीबार बिहान महिलाको शव भेटिएपछि अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको खुलेको प्रहरीको भनाइ छ । मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ । रोजगारीका लागि भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए ।

घटनापछि फरार उनलाई केही बेरअघि स्थानीयको सहयोगमा पक्राउ गरिएको डीएसपी जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर