राष्ट्रपतिको कदमबारे कुन दलका नेताले के भने ? – Nepal Press

राष्ट्रपतिको कदमबारे कुन दलका नेताले के भने ?

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको बताएका छन् ।

वुधबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिले कुनै असंवैधानिक कदम नचालेको र संविधानको भावनाअनुसार नै अघि बढेको बताएका हुन् । उनले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व राष्ट्रपतिले लिएको तर्क गरे । यसअघि राष्ट्रपतिले दिएको सुझावलाई सत्तारुढ गठबन्धनले गम्भीर रुपमा नलिएको उनको भनाई छ । तामाङले राष्ट्रपतिलाई अपमानित गर्ने कामप्रति घोर आपत्ती रहेको धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता महेन्द्र यादवले राष्ट्रपतिले संविधानलाई उल्टाएर व्यवस्थालाई उल्टाउने प्रयास भएको र यो संविधानमाथिको ठूलो प्रहार भएको दाबी गरे ।

त्यस्तै, जसपाका नेता मनिष सुमनले राष्ट्रपतिको कदम गलत भएको भन्दै संवैधानिक पदमा बसेको व्यक्तिले देशका लागि काम गर्नुपर्ने बताए ।

त्यस्तै, उनले राष्ट्रपतिको अहिलेको कदमले भविष्यमा गलत नजिर बस्ने बताए ।


प्रतिक्रिया

One thought on “राष्ट्रपतिको कदमबारे कुन दलका नेताले के भने ?

  1. भारतका दलालहरूले राष्ट्रपतिको कदमको विरोध गर्छन । राष्ट्रवादी नेपालीले डटेर सामना गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर