तमलोपाको जिकिर- संविधानतः नागरिकता विधेयक स्वतः प्रमाणीकरण भयो – Nepal Press

तमलोपाको जिकिर- संविधानतः नागरिकता विधेयक स्वतः प्रमाणीकरण भयो

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे पनि संविधानको मर्मबमोजिम स्वतः प्रमाणीकरण भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले दाबी गरेको छ ।

तमलोपा अध्यक्ष वृशेषचन्द्र लालले विज्ञप्ति जारी गरेर नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेकाले घोषणा गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

‘संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणिकरण गर्नैपर्ने व्यवस्था गरेको छ’, तमलोपा अध्यक्ष लालले विज्ञप्तिमा भनेका छन्, ‘सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यसअनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनुपर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नुपर्ने आग्रह गर्दछौं ।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संवैधानिक र श्रृंगारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गर्दै वीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको तमलोपा अध्यक्ष लालले टिप्पणी गरेका छन् ।

संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निम्ति एक क्षणको लागि पनि योग्य हुन नसक्ने भन्दै तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा पनि मागेको छ ।


प्रतिक्रिया

One thought on “तमलोपाको जिकिर- संविधानतः नागरिकता विधेयक स्वतः प्रमाणीकरण भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर