संविधानविद् अधिकारी भन्छन्- राष्ट्रपति भण्डारीबाट संविधानले नदिएको अधिकार प्रयोग भयो – Nepal Press

संविधानविद् अधिकारी भन्छन्- राष्ट्रपति भण्डारीबाट संविधानले नदिएको अधिकार प्रयोग भयो

काठमाडौं । संविधानविद् विपीन अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नदिएको अधिकार प्रयोग गरेको बताएका छन् ।

संसदले दुई-दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्दिनँ भन्ने विकल्प संविधानले राष्ट्रपतिलाई नदिएको उनले स्पष्ट पारे ।

‘विधेयक पारित गरेपछि त्यसको जिम्मेवारी सरकारले लिन्छ, जनतालाई जवाफ दिन्छ । यसमा राष्ट्रपतिले प्रमाणीकरण नगर्ने अधिकार संविधानले उहाँलाई दिएको छैन’, संविधानविद् अधिकारीले भने ।

उनले सर्वोच्च अदालतले परमादेश जारी गरेमात्र अब यो विधेयक प्रमाणीकरण हुने सम्भावना रहने बताए । नत्र निष्क्रिय रहेने उनको भनाइ छ ।

‘राष्ट्रपतिले राजीनामा दिएको भए उपराष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने अवस्था रहन्थ्यो । तर, उहाँले राजीनामा पनि नगर्नु र प्रमाणीकरण पनि नगर्नु भनेको संसदले पारित गरेको विधेयक निष्क्रिय बनाउनु नै हो’, अधिकारीले भने ।


प्रतिक्रिया

One thought on “संविधानविद् अधिकारी भन्छन्- राष्ट्रपति भण्डारीबाट संविधानले नदिएको अधिकार प्रयोग भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *